Play

पोखरा- १९ का वडाध्यक्ष पाण्डेको निर्देशन -“रुख काट्नुस, प्रदेश सरकारलाई सहयोग गर्नुस”

गुरुकुल खबर


पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार जारी गरेको एउटा सूचना सामाजिक संजालमा भाइरल बनेको छ ।

पोखरा महानगर पालिकाको लामाचौर पुरन्चौर क्षेत्रम बाँदरका कारण स्थानीय जनताले दुख पाएको भन्दै बाँदर नियन्त्रणको लागि रुख काट्ने अभियान संचालन गर्न पाण्डेले सुचना नै जारी गरेका छन्  ।

“आजको मितिले दस दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान संचालन गर्न र गण्डकी प्रदेश सरकारको नीति कार्यक्रमलाइ सहयोग गर्न” भन्दै  उनले वडाका बासिन्दाहरुलाई सुचित गरेका छन्।

उनले जारी गरेको सूचना यसप्रकार छ  ।

१५ माघ २०८०, सोमबार २३:०४ मा प्रकाशित
Nabintech