Play

कास्कीकोटमा बालप्रतिभा बोर्डिंगको बसले किच्दा सोहि स्कुल पढ्ने बालकको मृत्यु

गुरुकुल खबर


पोखरा पोखरा महानगरपालिका वार्ड नम्बर २४ मा स्कुल बसको ठक्करबाट एकजना बच्चाको ज्यान गएको छ।

शुक्रबार दिउसो करिब साढे दुइ बजे कास्कीकोटको काउलेमा स्थानीय बाल प्रतिभा बोर्डिंग स्कूलको बसले सोहि बिध्यालयमा अध्ययन गर्ने समिर कार्कीलाइ ठक्कर दिएर घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी ले जनाएकोछ ।

ग १ क ४०८२ नम्बेरको उक्त बसले सोहि स्कूलमा नर्सरी कक्षामा पढ्ने समिर कार्कीलाइ बसबाट झरेर घरतर्फ जान लागेको बेला ठक्कर दिएको हो . बसको ठक्करबाट घाइते भएका कार्कीको पोखराको सिर्जनाचोक स्थित मेट्रोसिटी हस्पिटलमा उपचार गर्दागर्दै दिउसो चार बजे तिर निधन भएको थियो। .

उक्त घटनापछि बस र बसका चालकलाइ  नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

 

५ माघ २०८०, शुक्रबार २१:३८ मा प्रकाशित
Nabintech