Play

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि बौदीकाली गाउँपालिकालाई

गुरुकुल खबर


निराजन अधिकारी

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाले जितेको छ । माछापुच्छ्रे ३ घाचोकमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।

उपाधि जितेको बौदीकालीले नगद रु तीन लाख,ट्रफी र मेडल पुरस्कार पायो भने उपविजेता गलकोटले रु दुई लाख तथा ट्रफीमा चित्त बुझायो ।
किबौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो भने यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल पुगेको हो ।

सेमिफाइलन पुगेका अन्नपूर्ण र चापाकोटले रु ५० हजारका दरले पुरस्कार पाए । बौदीकालीका अशोक श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु सात हजार पुरस्कार पाउनुभयो ।

यसैगरी उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर बौदीकालीका विश्वास अधिकारी, उत्कृष्ट सर्भर बौदीकालीका आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित हुँदै उहाँले जनही नगद रु पाँच हजार पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गर्नुभयो ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।

यही पुस २६ गतेदेखी घाचोकको मेघराज आधारभुत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । खेल हेर्न माछापुच्छ«े सहित पोखरा तथा छिमेकी अन्य पालिकाहरुबाट समेत दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

२८ पुष २०८०, शनिबार २२:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा