Play

पोखरा-१२ चापापानीमा जुवा खेल्दै गरेका ५ महिला सहित ८ जना पक्राउ

एक लाख ३५ हजार ९ सय ८५ रुपैया सहित पक्राउ, ५ दिन म्याद थप गरि अनुसन्धान शुरु


गुरुकुल खबर


पोखरा,  कास्कीको पोखरा महानगरपालिका वडा नं १२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

स्थानीय मैत कुमारी गुरुडंले जुवा खेलाएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक लाख ३५ हजार ९ सय ८५ रुपैया सहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँच जना महिला रहेका छन । जस अनुसार पोखरा महानगरपालिका-१० रामबजार बस्ने ५० वर्षिय पन्चमाया गुरुडं, पोखरा -१२ फुलवारी बस्ने ५२ वर्षीय पुर्णिमा गुरुडं, पोखरा-१६ बस्ने ४६ वर्षिय रुपा गुरुडं, पोखरा -१२ बस्ने ५२ वर्षीय मैत कुमारी गुरुडं र मकवानपुर जिल्ला हेटौंडा घर भई पोखरा -११ फुलवारी बस्ने ५५ वर्षिय कृष्णमाया थापा रहेका छन ।

यसै गरि पोखरा -३० शिसुवा बस्ने ४० वर्षीय गोपी गुरुडं, पोखरा -१३ बस्ने ५२ वर्षीय देवी बहादुर गुरुडं, र पोखरा -१२ बस्ने ४१ वर्षीय दुत प्रसाद गुरुडं पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चार बुक तास सहित पक्राउ परेका उनिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जानकारी समेत प्रहरीले दिएको छ ।

२२ पुष २०८०, आईतवार १८:२२ मा प्रकाशित
Nabintech