Play

बेलायतमा कमाएको रकमबाट पोखरामा खुल्यो “पर्फेक्सन कस्मेटोलोजी”

गुरुकुल खबर


पोखरा, अन्तर्राष्ट्रियस्तरको प्रविधि सेवा सुविधासहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ । न्यूरोडको दरबारथोक मार्गमा करिब ३ करोड लगानीमा सञ्चालनमा आएको एकेडेमीको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले सोमबार उद्घाटन गरिन् ।

बेलायतमा २० वर्ष बसेकी पोखराकी सञ्जु श्रेष्ठले एकल लगानीमा खोलेको एकेडेमीले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनदेखि औपचारिक सेवा शुभारम्भ थालेको हो । पर्फेक्सनले अनुभवी कर्मचारी र उत्कृष्ट सौन्दर्य सामग्रीमार्फत् सबै खाले सौन्दर्य सेवा दिने सञ्जुले बताइन् ।
उद्घाटनपछि बोल्दै उपप्रमुख गुरूङले महिलाहरूले आफैं लगानी गरेर व्यवसाय गरेको देख्दा आफूलाई निकै खुसी लाग्ने सुनाइन् । उनले आशावादी मान्छेले चुनौतीमा पनि अवसर देख्छ भनेजस्तै गरेर आर्थिक संकटको बेलामा ठूलो रकम लगानी गर्नुले अरूलाई पनि प्रेरणा थप्ने बताइन् ।

महानगरले पछाडि परेका महिलालाई उद्यमी बनाउन उपप्रमुखसँग महिला कार्यक्रम ल्याएर जीविका चलाउन योगदान गरिरहेको उनले बताइन् । ‘महिलाहरू आफैं स्थापित भएर अघि बढ्नुपर्छ । प्रत्येक महिला आयआर्जनसँग जोडिनुपर्छ भनेर न्यून आय, एकल महिला, हिंसापीडित महिलालाई सबल बनाउन हामीले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएका छौं,’ गुरूङले सुनाइन् ।

महिला उद्यमी एवं सौन्दर्य व्यवसायी चिनु गुरूङले स्वास्थ्य र सुन्दरता एकआपसमा जोडिएको विषय भएकाले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा दिइनुपर्ने बताइन् । उनले राजनीतिज्ञ र सामाजिक अभियन्ताले पनि पार्लर छिरेर सेवा लिइदिँदा आफूहरूलाई पनि हौसला मिल्ने उनको भनाइ थियो ।

पोखरा भीमसेन टोलमा जन्मिएकी सञ्जु २०५८ सालमा बेलायत गएकी थिइन् । बेलायतमा सिकेर सञ्जुले २०६२ सालमा (सन् २००६)मा ब्युटी सैलुन खोलेकी थिइन् । अहिले पनि बेलायतमा उनको आफ्नै रमा पर्फेक्सन हेयर एण्ड सैलुन छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भएपछि २ दशक बेलायत बसेर कमाएको पैसा नेपालमा लगानी गरेको सञ्जुले सुनाइन् । वर्षमा ४ जनासम्मलाई आफ्नो एकेडेमीमा निशुल्क सौन्दर्य कक्षा सिकाउने सञ्जुको योजना छ ।

१६ पुष २०८०, सोमबार २०:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा