Play

सर्वेश्वर व्यवसायी समिति पोखराद्वारा भुकम्प पिडितलाई २५ लाख‌ रुपैया बरावरको राहत

गुरुकुल खबर


पोखरा, सर्वेश्वर व्यवसायी समिति, पोखरा ४ गैह्रापाटन द्वारा भुकम्प पिडितलाई २५ लाख‌ रुपैया बरावरको राहत वितरण गरिएको छ।

गत  कार्तिक १७ गते गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर तेहाँका भुकम्प पिडीतहरुलाई व्यवसायी द्वारा राहत वितरण गरिएको हो । जाजरकोट जिल्ला , वेलकोट गाउँ पालिका वडानं ४ का करीब १५० पिडित परिवारलाई राहत वितरण गरिएको समितिका उपमहासचिव माधवराज बरालले जानकारी दिए।

समितिका अध्यक्ष बालकृष्ण भण्डारी को नेतृत्व मा गएको समितिको टोलीले जाजरकोटको वेलकोट गाउँ पालिका वडानं ४ का वडा अध्यक्ष विष्णु बहादुर राउत, पत्रकार हरिहर सिं राठौर , स्थानिय अगुवा आनन्द नेपालीको रोहवरमा एक कर्यक्रम गरी राहत वितरण गरिएको समितिका कार्यक्रम संयोजक सदस्य शिव प्रसाद भण्डारीले  बताए।
समितिले भुकम्प पिडित का लागी न्यानो लत्ता कपडा, जुत्ता चप्पल , स्कुल स्वेयटर, झोला , बिभिन्न खाद्य सामाग्री, बिस्कुट चाउचाउ लगायतका राहत सामाग्री वितरण गरेका हुन् ।
सर्वेश्वर व्यवसायी समिति पोखरा ४ गैह्रापाटन द्वारा बिभिन्न समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै  सामाजिक कार्यमा समेत कृयाशिल हुदै आएको समितिका प्रथम उपाध्यक्ष तुल बहादुर थापाले जानकारी दिए।

११ पुष २०८०, बुधबार १९:२५ मा प्रकाशित
Nabintech