Play

गुप्तेश्वर महादेव गुफाको २८ औं साधारण सभा सम्पन्न

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको पोखरा उच्च अदालतका मुख्य न्यायाधीश माधब प्रसाद पोख्रेलले उद्घाटन गर्दै हिन्दु धर्म संस्कृति सनातन देखिको संस्कार भएकोले हिन्दु धर्मावलम्बी तथा शुभ सोच्नेहरुले आत्तिनु पर्ने अवस्था नरहेको बताउँदै जनसहभागिताबाट संचालनमा रहेको संस्थाले राज्यले गर्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । युवा लक्षित कार्यक्रमबाट मायाको चिनो उत्पादन तथा विक्रि वितरणको व्यवस्था गर्न सके गुफोका प्रवद्र्धन साथै आर्थिक आर्जन पनि हुने वताए ।

पोखरा १७ की वडा अध्यक्ष राधिका शाही योगीले वडा नं १७ सबैभन्दा धेरै जनघनत्व भएको वडा भएको र सबै विद्यालयहरुको स्तर वृद्धिको लागि राम्रो आम्दानी भएका सामाजिक संघसंस्थाले आर्थिक तथा अन्य सहयोग गर्नुपर्ने धारण राख्दै गुफाको मापदण्ड महानगरले नै कायम गर्न सकिने भएकोले अहिले रहेको २०० मीटरलाई पुनरावलोकन गर्न पहल गर्ने वताइन् । उनले वडा भित्रका सम्भावित पर्यटकीय क्षेत्रहरुको गुरुयोजना वनाउन प्राविधिक सहयोग वडाले गर्ने वताउँदै गुरुयोजना वनाएर मात्र कार्य गर्न सुझाव दिएकी थिईन् ।

संस्थापक अध्यक्ष ज्योतिष नीर बिक्रम पौडेलले आफुलाई पद अनुसारको भुमिका नदिएको गुनासो व्यक्त गर्दै आगामी दिनमा त्यसो नगर्न सुझाव दिएका थिए ।

निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेलले विभिन्न आरोह अवरोहहरु पार गर्दै गुफा यो अवस्थामा आई पुगेका स्मरण गराउँदै आगामि दिनहरुमा पनि सबैको साथ र सहयोगको आवश्यकता रहने बताए ।

सो अवसरमा गण्डकी प्रदेश सभाका सचिव हरिराज पोख्रेल, धनुषा जिल्ला अदालतका न्यायाधिस योगनाथ ढकाल, सल्लाहकार रामजी प्रसाद कोइराला, नेपाली काँग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, नेकपा एमाले पोखरा १७ का अध्यक्ष ऋषभ तिमिला, नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्का, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारी, पोखरा उपत्यका नगरविकास समिति उपाध्यक्ष झपिन्द्रराज रेग्मी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेल, पुर्व वरिष्ठ उपाध्यक्ष गोपाल वराल, पूर्व सहसचिव मोहदत्त भट्टराई, सल्लाकार सीता वराल र कृष्ण प्रसाद लम्साल, पत्रकार माधब प्रसाद रेग्मी, पूर्व सदस्य देवि चपाई र कार्यालय सहायक कमल पौडेल सम्मनित भएका थिए ।

समितिका अध्यक्ष लक्षुमण वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने (य्ुवक)ले र कार्यक्रम संचालन सचिव हरिप्रसाद लम्सालले गरेका थिए ।

१० पुष २०८०, मंगलवार १२:३४ मा प्रकाशित
Nabintech