Play

टानद्वारा १० लाख रुपैयाँ बिमा रकम हस्तान्तरण

गुरुकुल खबर


पोखरा, अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदै गर्दा ज्यान गुमाउन पुगेका पदयात्रा सहयोगी म्याग्दीका तुलबहादु गुरुङको परिवारलाई विमा बापतको १० लाख रुपैयाँ प्रदान गरिएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले आइतबार एक कार्यक्रमको आयोजना गरी स्वर्गीय गुरुङका धर्मपत्नी मिनाकुमारी गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

टान गण्डकीका सचिव तीर्थराज सुवेदीका अनुसार गएको सेप्टेम्बर १६ तारिखका दिन इष्टर्न लाइट ट्रेक्स एण्ड एक्सपिडिसनमार्फत् कोरियाली पदयात्रीलाई लिएर आधार शिविर जाँदै गर्दा पहिलो दिन नै अन्नपूर्ण गाउँपालिका वडा ११ स्थित झिनु र छोमरोङको विच भागमा पर्ने स्थानमा अचानक लडी अचेत भएर गुरुङको निधन भएको थियो ।

पदयात्रा सहयोगीका लागि टानले सामुहिक बिमा गरिदिएको छ । पोखरामा कूल एक सय ६३ पदयात्रा एजेन्सी रहेका छन् । कार्यक्रममा बिमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सका गण्डकीका गोविन्द देवकोटा र इष्टर्नलाइट कम्पनीबाट देव श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित टानका पूर्व अध्यक्ष, सल्लाहकार, सदस्य र संचारकर्मी तथा घटनाको क्रममा विभिन्न रुपले सहयोग पुर्याउने सबैलाई टान गण्डकीका अध्यक्ष पन्थीले धन्यवाद ज्ञापन गरेका थिए ।

८ पुष २०८०, आईतवार १७:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा