Play

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

गुरुकुल खबर


पोखरा, पर्यटन व्यवसायी महिला संघ(टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।

साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले उद्घाटन गरिन् ।

कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको जनाउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताइन् ।

पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको उल्लेख गर्दै उनले प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै त्यसको उपयोग गर्नुुपर्ने धारणा राखिन् ।

महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै टेवानले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले व्यवसायिक दक्षता अभिबृद्धि गर्ने किसिमका कार्यक्रममा जोड दिनुपर्ने बताइन् ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्राकृतिक सौन्दर्यताका कारण पोखराको पर्यटन विश्वमाझ परिचत भएको बताउँदै यसको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुुपर्ने बताए । पर्यटनको विकासले आर्थिक समृद्धिसँगै रोजगारी अभिबृद्धिमा महत्वपूर्ण टेवा पुुग्ने उनले बताए ।

टेवानका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवानले खेलेको भूमिकाको प्रशंसा गरे ।टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षता एवम् महासचिव अनिता खड्का भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रभा सुवेदीले गरेकी थिइन् ।
पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सिना(पगेनी), जिल्ला अध्यक्ष बिमला भण्डारी, संगीता बराल लगायतले बोलेका थिए ।

साधारणसभाले महासचिव अनिता खड्का भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा टेवानका कार्यक्रममा सहयोग पुु¥याउने कमलराज कोइराला, विभिन्न कार्यक्रममा संयोजकको जिम्मेवारी निर्वाह गरेका व्यक्तिलाई सम्मान गरिएको थियो ।

७ पुष २०८०, शनिबार १३:२४ मा प्रकाशित
Nabintech