Play

ठगी सम्बन्धी मुद्दामा वडा सदस्य सहित ४ जना पुर्पक्षका लागि कारागार चलान

गुरुकुल खबर


पोखरा, पोखराको लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई पैसा असुल गरेको आरोपमा पक्राउ परेका चार जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

ताल किनारमा फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड बस्ने वर्ष २२ के प्रवीन विश्वकर्मा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०६ लेकसाईड बस्ने वर्ष २४ का अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र वडा नं. ६ खहरे बस्ने वडा सदस्य वर्ष ४२ का दिपेन्द्र पहारीलाई थुनामा पठाउने आदेश भएको हो ।

उनीहरुलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी अदालतमा मुद्दा पेश उनीहरु पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

६ पुष २०८०, शुक्रबार १२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा