Play

बुद्ध एयरको आकष्मिक ढोका यात्रुले खोल्दा उडान प्रभावित, अर्को जहाजबाट यात्रु काठमाडौं पठाइयो

गुरुकुल खबर


पोखरा, उड्न लागेको जहाजको आपतकालिन ढोका एक्कासी यात्रुले खोलेपछि उडान तालिका हेरफेर गरिएको छ । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानका यात्रुले आकस्मिक ढोका खोलेका थिए ।

यसबाट उडान प्रभावित हुन पुगेको बुद्ध एयरले जानकारी दिएको छ । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले चलाउँदै गर्दा विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको थियो । सोही क्रममा ढोका खुलेको हो ।

यो घटना कसरी भयो र यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका सो उडान कम्पनीले जनाएको छ । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले जानकारी दिएको छ ।

५ पुष २०८०, बिहीबार १२:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा