Play

गण्डकी प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभाको छैटौं पूर्ण बैठक सम्पन्न

गुरुकुल खबर


पोखरा, गण्डकी प्रज्ञा–प्रतिष्ठानको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ । कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मंसिर २९ र ३० गते आयोजित बैठकले प्रतिष्ठानको विनियमावली संशोधन सहित पारित गर्नुका साथै थप केही महत्वपूर्ण निर्णय गरेको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

‘गण्डकी प्रज्ञा–प्रतिष्ठानको छैठौं पूर्ण बैठक भव्यताका साथ कास्कीको ताङतिङमा सम्पन्न ग¥यौं, बैठकले विनियमावली संशोधन प्रस्ताव सर्वसहमतिले पारित गरेको छ’ उनले भने ।

बैठकमा प्रतिष्ठानले गरेका कामको मुल्याकंन तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर घनीभूत छलफल भएको समेत सदस्यसचिव श्रेष्ठले बताए । प्रतिष्ठानले निर्धारण गरेका कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि कार्यविभाजन समेत गरिएको उनको भनाई छ ।

सबैको साथ सहयोगको कारण प्रतिष्ठानले आफ्ना गतिविधि प्रभावकारी ढंगले अगाडि बढाउन सफल भएको कुलपति सुर्य खड्का विखर्चीले बताए । यो वर्ष गर्ने तय भएर बाँकी रहेका कार्यक्रमलाई समेत समयमानै सम्पन्न गर्न सबैको साथ पाउने उनको विश्वास छ ।

विम्बकवि तथा प्राज्ञ रमेश श्रेष्ठले प्रतिष्ठानले हालसम्म गरिरहेका गतिविधि उत्कृष्ट रहेका भन्दै यो लयलाई निरन्तर अगाडि बढाउन आग्रह गरें । गण्डकी प्रदेश प्राकृतिक रुपमा बेग्लै विशेषता बोकेको प्रदेश भएको कारण समेत यहाँ गर्ने गतिविधिले देशमानै ठुलो अर्थ राख्ने उनको भनाई थियो ।

हालसम्म भए गरेका कार्यक्रमको बारेमा छलफल, विनियामलीमा संशोधन सहितका कार्य गरिएकोले अब आयोजना हुने कार्यक्रमलाई प्रभावकारी बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठानका उपकुलपति एवंं विनियमावली संशोधन समितिका संयोजक गोरे गुरुङले विश्वास व्यक्त गरे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठान कला साहित्य संगीत र संस्कृतिको वृत्ति विकास प्रर्वद्धन र सम्वर्द्धन तथा मौलीक संस्कृतिलाई पुस्ता हस्तान्तरणको निमिक्त स्थापना भएको थियो ।

२०७८ बैशाख १५ गते स्थापना भएको प्रतिष्ठानले सिमित श्रोत साधनका बाबजुत महत्वपूर्ण कार्यक्रम मार्फत कला, साहित्य, संगीत र संस्कृतिका क्षेत्रमा काम गरिरहेको छ ।
यो वर्ष निर्धारण गरिएका कुल ४९ वटा कार्यक्रम मध्ये ५० प्रतिशत कार्यक्रम सम्पन्न भैसकेको सदस्य सचिव श्रेठको भनाई छ ।

गण्डकी प्रदेश सरकारबाट प्रतिष्ठानको लागि यो आर्थिक वर्ष ०८०/०८१ मा १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेट अन्तरगत चालुतर्फ १ करोड ५० लाख ६९ हजार, पुँजीगत तर्फ २९ लाख २९ हजार रहेको छ । सोही बजेटमार्फत प्रतिष्ठानले आफ्ना गतिविधि गर्दै आएको छ ।

१ पुष २०८०, आईतवार ०७:४९ मा प्रकाशित
Nabintech