Play

कन्दरा लाइभ कन्सर्ट पुस २७ गते हुने

गुरुकुल खबर


पोखरा, कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो लाइभ कन्सर्ट पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाइ छ ।

कन्दरा व्याण्डको व्यवस्थापक आदि गु्रपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा साँगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेकाले कन्दरा लाइभ कन्सर्ट भव्य र विशिष्ट हुने विश्वास दिलाएका छन् ।

गायक विवेक श्रेष्ठले भने पर्यटनको राजधानी पोखरामा नै बसेरकलाकारसँग रियाज गरिरहेको छु, ३० वर्ष पहिले पोखराबाटै स्थापना भएको कन्दरापुनर्संरचनापछि पर्यटन प्रवद्र्धनका लागि सन्देशमुलक अभियानमा जोडिन पाउँदा उत्साहित भएको जनाए ।

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्डले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवर्धन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

 

१९ मंसिर २०८०, मंगलवार १५:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा