Play

बाहिरबाट ताला लगाएर मध्य रातमा घरमा अज्ञात् व्यक्तिद्वारा आगजनी

गुरुकुल खबर


विराटनगर, राति सुतेकै अवस्थामा अज्ञात् व्यक्तिले एक घरमा आगो लगाइदिएका छन् । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका हुन् ।

उक्त नगरपालिकाको डाँडाखर्कमा राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको प्रहरीले जनाएको छ ।

तल्लो तलामा भान्सामा सिलिण्डरको छेउमा रहेको कपडामा आगो लागेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार वडाध्यक्ष श्रीमतीसहित माथिल्लो तलामा सुतेको अवस्थामा मध्यरातमा तल्लो तलामा आगो लगाइएको छ ।

गुरागाईँ कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको पाइएको गुरागाईँले जानकारी दिए ।

१८ मंसिर २०८०, सोमबार १३:२३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा