Play

आदिबासी जनजाति महासंघ कास्कीका कोषाध्यक्ष आलेलाई मातृशोक

गुरुकुल खबर


पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका कोषाध्यक्ष भीमकुमारी आलेलाई मातृशोक परेको छ । आलेकी ७० वर्षिय आमा अमिरकुमारी घलेको उपचारको क्रममा शुक्रबार बिहान मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नं. २ का वडा सदस्य  समेत रहेकी आलेकी आमा स्व. अमिरकुमारीको गुरुङ संस्कार अनुसार  शुक्रबार अन्त्येष्टि गरिएको छ । स्व.घलेको अन्नपूर्ण गाँउपालिका वडा नं २ किम्चेमा अन्त्येष्टि गरिएको हो ।

चारमहिना अघि एक्कासी फोक्सोमा क्यान्सर भएको पत्ता लागेपछि उपचार गराईरहेको र उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्व.घलेका वडा सदस्य आले ‘घले’ सहित तीन छोरी र ४ छोरा रहेका छन् ।

यसैबीच स्व.घलेको अमर आत्माको चीर शान्तिको कामना गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, पोखरा २ का वडा अध्यक्ष तथा संसदीय दलका नेता दिवसमान प्रधानांग, वडा नं २ का वडा सदस्य गौतम विजुक्छे, नेपाली काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति मनोज गुरुङ, नेपाली काँग्रेसका युवा नेता एवम्  साविक घान्द्रुक गाविसका पूर्व सभापति ललित गुरुङ, अन्नपूर्ण गाँउपालिका वडा नं.१० का वडाध्यक्ष गौतम गुरुङ, महिला संघ कास्कीका सभापति मीना पाण्डे र नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका सचिव रीता गुरुङले पार्थिव शरीरमा पुष्प अर्पण सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

१५ मंसिर २०८०, शुक्रबार २०:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा