Play

एनसेलबाट बाहिरिने भयो आजियाटा

गुरुकुल खबर


पोखरा, मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णयमा पुगेको छ । यस निर्णयसँगै उसले आफ्नो सम्पत्ति बिक्रीमा राखेको बुधबार निकालेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

हाल एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

एनसेलको सेयर ७ वर्ष अगाडि आजिएटाले किनेको थियो । आजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको छ। आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।

१३ मंसिर २०८०, बुधबार १४:०२ मा प्रकाशित
Nabintech