Play

पोखरामा आइटीएफ जे–३० टेनिस जारी

गुरुकुल खबर


पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् ।

सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षम विक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई पराजित गरे ।

महिला एकलतर्फ भारतकी साहना कमला कन्ननले भारतकै देवान्सी गोहिललाई, भारतकी इशी महेश्वरीले भारतकै श्रीया सर्मालाई, भारतकी मन्दगल्ला प्रिन्सीले थाइल्याण्डकी फिचयापक श्रीमुकलाईलाई भारतकी एन्जल पटेलले भारतकै सगुन कुमारी सगुनलाई, अमेरिकाकी प्रियंका रानाले भारतकी सिम्रन बुण्डेलालाई, हङकङकी जेन लिङ चुन वाङले भारतकी राधा सध्रालाई तथा भारतकै आर्जन खोराकीवालाले भारतकै अनिषा शिवकुमारीलाई पराजित गरिन् ।

ब्वाइज डवल्सतर्फ नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडी भारतका अखिल अयाज र दिगांत एम जोडीसंग ७–६ र ६–२ ले पराजित भए । भारतकै सौर्य भारद्वाज र रणविर सिंहको जोडीले जापानका रिकु मिगासी र इपी मात्चुसिमाको जोडीलाई, नेपालका प्रणव मानन्धर र अमेरिकाका आरब सम्राट हाडा जोडीले भारतका मिका सेट र आरब वर्माको जोडीलाई, भारतका आदित्य मोर र प्रनिल सर्माको जोडीले नेपालका सक्षम विक्रम शाह र भारतका रुद्र बाथम जोडीलाई भारतकै दक्ष कुक्रेती र आर्नव यादव जोडीले नेपालका आयुषमान हजुर घले र भारतका एस पन्चासरी जोडीलाई पराजित गरे ।

१३ मंसिर २०८०, बुधबार १२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा