Play

लागू औषध गाँजासहित १ विदेशी नागरिक पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा १४ चाउथे स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजासहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

विमानस्थलको प्रस्थान कक्षमा अवैध लागू औषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नर्वेली नागरिक वर्ष ५३ का रुनि फ्ल्याथलाई पक्राउ गरेकोहो ।

उनको साथबाट लागू औषध पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र लागू औषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३५ ग्राम सहित फेला परेको प्रहरीको भनाई छ । उनलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

१० मंसिर २०८०, आईतवार १६:१९ मा प्रकाशित
Nabintech