Play

लागू औषध गाँजासहित १ विदेशी नागरिक पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा १४ चाउथे स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजासहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

विमानस्थलको प्रस्थान कक्षमा अवैध लागू औषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नर्वेली नागरिक वर्ष ५३ का रुनि फ्ल्याथलाई पक्राउ गरेकोहो ।

उनको साथबाट लागू औषध पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र लागू औषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३५ ग्राम सहित फेला परेको प्रहरीको भनाई छ । उनलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

१० मंसिर २०८०, आईतवार १६:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा