Play

दुर्गा प्रसाईं नजरबन्दमुक्त, सिफल पुगेर कार्यक्रम गरे

गुरुकुल खबर


पोखरा, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नजरबन्दबाट बाहिर आई सिफलमा गई कार्यक्रम गरेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट उनी निस्कन पाएका थिएनन् ।

जनस्तरबाट चर्को विरोध भएपछि सरकारी निकायले उनलाई बाहिर जान अनुमति दिएको थियो । प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरेका थिए । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी तैनाथ थिए ।

सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालित भएका थिए । उनले भोलि पनि कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन् । उनले काठमाडौंवासिलाई आफ्नो आन्दोलनलाई सघाउन आग्रह गरे ।

९ मंसिर २०८०, शनिबार १५:२१ मा प्रकाशित
Nabintech