Play

चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि

गुरुकुल खबर


पोखरा, प्रविधि, सिकाई र अनुभव आदानप्रदान गर्ने उद्देश्य सहित पोखराको अग्रणी शैक्षिक संस्था प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो ।

केहीदिन अघि मात्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाई र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्य सहित सम्झौता गरेको प्रतिभा माविले चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै थप सम्बन्ध बिस्तारको सुरुवात गरेको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविले विगत केहीवर्षदेखि विद्यालयमा चिनियाँ भाषा अध्यापन पनि गराउँदै आएको छ । पछिल्लो समय विश्वमै चिनियाँ भाषाको महत्व पनि बढेको छ । चिनियाँ विश्वविद्यालयसँग भगीनी सम्बन्ध बिस्तार गर्ने उद्देश्य सहित चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गरेको प्राचार्य सापकोटाले बताए ।

‘चिनियाँ विश्वविद्यालयसँग भगीनी सम्बन्ध राख्नका लागि यो भेटघाटले महत्व राख्छ । भगीनी सम्बन्ध बिस्तार गर्न सकेको खण्डमा चीनको शिक्षण सिकाई र प्रविधिलाई हामीले पनि अंगाल्न सक्छौ,’ सापकोटाले भने, ‘चीनले शिक्षा र प्रविधिमा फड्को मारेको छ । त्यहाँको विकासलाई हामीले पनि अंगाल्न पाउने हो भने त्यसले नेपाली शिक्षा प्रणालिमा पनि सुधार ल्याउन सक्छ । चिनियाँ सिकाई र प्रविधि हाम्रा लागि महत्वपूर्ण बन्नेछ ।’

चिनियाँ शिक्षण संस्थाले अवलम्बन गरेको शैलीलाई अपनाउन सके नेपाली शैक्षिक प्रणालिमा अहिले भन्दा व्यापक परिवर्तन ल्याउन सक्ने उनले बताए । ‘जापानको शैक्षिक संस्थासँग एकतहको सम्झौता भईसकेको छ । अब चिनियाँ शिक्षण संस्थासँग पनि सम्बन्ध बिस्तार गर्ने योजनामा छौ । यसले हाम्रो शिक्षण पद्दतीमा सुधार ल्याउने अपेक्षा हो,’ उनले भने ।

७ मंसिर २०८०, बिहीबार १४:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा