Play

माछा मार्ने क्रममा करेन्ट लाग्दा श्रीमान र श्रीमतिको मृत्यु

गुरुकुल खबर


पोखरा, पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको निधन भएको छ । पोखरा २९ पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरा २९ बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकका अनुसारसुनार दम्पती मुस्ताङ स्थायी घर भई हाल पट्नेरीमा बस्दै आएका थिए । अपरान्ह करिब ४ बजे माछा मार्न तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लाग्न पुगेको थियो । उनीहरुको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पुर्याइएको छ।

५ मंसिर २०८०, मंगलवार १३:४५ मा प्रकाशित
Nabintech