Play

हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा विक पक्राउ

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिकामा श्रीराम देवकोटालाई हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा सोही गाउँपालिकाका जुमकाजी विक पक्राउ परेका छन् । गएको कात्तिक २७ गते वडा ६ लुम्ले स्थित देवकोटाको घरमै गई ५७ वर्षीय विकले हँसिया प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागि स्थानीयको सहयोगमा मेट्रोसिटी अस्पताल पठाएको र अभियुक्त वि.क.लाई पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।

२ मंसिर २०८०, शनिबार १५:०६ मा प्रकाशित
Nabintech