Play

चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल हङकङसँग पराजित

गुरुकुल खबर


पोखरा, महिला टी–२० सिरिजमा नेपाल हङकङसँग पराजित भएको छ । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको हो । बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न सफल भएन ।

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ फाइनलमा पुग्यो। तान्जानिया पनि दुई जित सहित फाइनलमा पुगेको छ। अन्तिम खेलअघि नेपाल र जापान भने फाइनलमा पुग्न असफल भए।

आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको थियो। जसका कारण नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर पार गर्यो।

हङकङका लागि नतासा माइल्सले नटआउट ३० रन र शान्जिन शाहजादले नटआउट २० रन जोडे। त्यसअघि मारिको हिललाई कप्तान इन्दू बर्माले ५ रनमा रनआउट गरेकी थिइन्।

त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो।

३० कार्तिक २०८०, बिहीबार १४:०१ मा प्रकाशित
Nabintech