Play

विपद ब्यवस्थापन कोषको सहयोगार्थ युनाइटेडको देउसीभैलो कार्तिक ३० गते

गुरुकुल खबर


पोखरा, प्रत्येक वर्ष जस्तै यो वर्षपनि युनाइटेड क्लव पोखराले विपद ब्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो कार्यक्रम गर्ने भएको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले दिपावलीको अवसर पारी आगामी कार्तिक ३० गते पोखरा अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

विगतका वर्षहरुमा जस्तै यो पटक पनि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागिएको वताउदै अध्यक्ष श्रेष्ठले यसपटक तिहारको भोलीपल्ट कार्तिक ३० गते पोखराको अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गरिने वताए । क्लबले स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा खर्च गरिदै आएको र दिपावलीको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापना गरिएको विपद ब्यवस्थापन कोषबाट दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।

स्थापना कालदेखी तिहारको अवसरमा देउसीभैलोको आयोजना गरी संकलित रकमबाट अमरसिंह चोक वरिपरि सौर्यबत्ती जडान गरिसकेको र २०७५ सालको तिहारबाट युनाइटेड क्लबले देउसीभैलो कार्यक्रमको आयोजना गरी विपद ब्यवस्थापन कोष स्थापना गरी प्रत्येक वर्ष कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइहेको देउसीभैलो कार्यक्रमका संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

क्लवले स्थापना गरेको दैवी प्रकोप कोषबाट कैलालीका कैलारी गाँउपालिका हावाहुरी पिडितलाई १ लाख ५० हजार, सराङकोट पहिरो पिडितलाई १ लाख, कोरोनाको समयमा गण्डकी प्रदेश सरकारलाई १ लाख, पोखरा महानगरपालिकालाई १ लाख र पोखरा महानगरपालिका वडा नम्बर १० र १२ लाई जनही ५० हजार, र उदयपुरको गढी गढीउपालिकामा १ लाख १५ हजार गरी ६ लाख ६५ हजार सहयोग गरिसकेको छ ।

यसपटकको देउसीभैलो कार्यक्रमका लागि क्लवका परिकल्पनाकार, आजीवन सदस्य, कार्यसमिति सदस्य, सल्लाहकार सुभचिन्तकहरुको सहयोग रकम आउने क्रम समेत शुरु भइसकेको कार्यक्रम संयोजक तिमिल्सिनालले जानकारी दिए ।

यसैविच युनाइटेड क्लवले नपालीहरुको महान पर्व दिपावली तथा छठको अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लवबका सल्लाहकार, निवर्तमान अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियोभने उक्त अवसरमा १२ औं संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गराउनका लागि समेत सुझावहरु संकलन भएको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिए ।

२७ कार्तिक २०८०, सोमबार १२:३४ मा प्रकाशित
Nabintech