Play

पोखरामा विद्युतीय गाडी सेरेस–३ को डेलिभरी सुरु

गुरुकुल खबर


पोखरा, विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहार अगाडि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी सुरु गरिएको प्रालिका सञ्चालक राज बजिमयले जानकारी दिए ।

उक्त इलेक्ट्रिक कारले पोखरा क्षेत्रका उत्साहजनक प्रतिक्रिया पाइरहेको उनले बताए । ‘ग्राहकबाट प्राप्त प्रक्रियाबाट हामी उत्साही छौं,’ उनले भने, ‘यो गाडी विद्युतीय सवारी मध्येमा पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’
सेरेसका लागि नेपालको आधिकारिक आयातकर्ता एमएडब्लु बृद्धी अटोकर्प हो । कम्पनीका अनुसार पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस–३ ले दिगो यातायातको क्षेत्रमा महत्वपूर्ण छलाङ प्रदान गरेको छ ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ ।
नेपालमा सेरेसले सेरेस–३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराए को छ । जसमध्ये सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्ट मा उपलब्ध छ भने मिनी ईभी तीनवटा भेरिएन्टमा बिक्री हुँदै आएको छ ।

सेरेस–३ कम्पफर्टको मुल्य ४९ लाख ९९ हजार र प्रिमियमको ५२ लाख ९९ हजार निर्धारण गरिएको छ भने मिनी ईभीको लो ट्रिमलाई १३ लाख ९९ हजार, मिड ट्रिमको १६ लाख ४९ हजार र टप ट्रिमको १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

२७ कार्तिक २०८०, सोमबार १२:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा