Play

पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने

गुरुकुल खबर


पोखरा, पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पछिल्लो समय नक्कल गर्ने सस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई ब्यापक बनाउन र मौलिकता जोगाईराख्न उत्सवको रुपमा मनाउने संस्कृतिको विकास गराउने प्रयास गरका हौ, पोखरा टेलिभिजनका प्रबन्ध र्निदेशक माधब पनेरुले सो अबसरमा बताए ।

पत्रकार सम्मेलनमा महोत्सवका मुल्याङ्गकन समितीको संयोजक बरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीले मौलिकतालाई महोत्सवका रुपमा नल्याउने हो भने हाम्रा परम्परा र सस्कृती बिलीन हुने अबस्था आईसकेको बताए ।महोत्सवले मौलिकता जोगाउन एक महत्वपुर्ण कदम चालेको उनको भनाई थियो ।

पोखरा उद्योग बाणिज्य संघको सभाहलमा कार्तिक २५ गते बिहान ११ बजे आयोजना हुने महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको ब्यबस्था मिलाइएको महोत्सव संयोजक घनश्याम पाण्डेले बताए । महोत्सवले उठान गर्न खोजेको मुख्य विषय नै मौलिकता र समुदाय विषेशको देउसीभैलो भएकाले पोखरा र आसपासमा खेलिने समुुदाय विषेशको देउसी भैलोलाई सहभागिता गराईने उनको भनाई थियो । यसबाट हराउँदै गएको मौलिकतालाई दिगोपन दिने उद्धेश्य हाम्रो छ । जसबाट पर्यटनको राजधानी पोखरामा पर्यटकीय गतिविधि पनि बढाउन सकीने टेलिभिजनले दावि गरेको छ ।

महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबद्र्धकका रुपमा रहेका छन । त्यसैगरि गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय , उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयले सहकार्य गरेका छन् । त्यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रीय बाणिज्य बैक लगायतका संघ सस्थाहरुको सहकार्य रहेको बताइएको छ । महोत्सवमा सहभागि टिमले नगद पाँच हजार प्राप्त गर्नेछन् । उत्कृष्ट टिमलाई देउसी भैलो च्याम्पीएन घोषित गरिनेछ । च्याम्पीएन हुने टिमले अवार्ड सहित रु १५ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

 

२४ कार्तिक २०८०, शुक्रबार १५:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा