Play

निर्वाचन आयोग रिक्त स्थानका लागि राष्ट्रिय सभा चुनावको तयारीमा

गुरुकुल खबर


पोखरा, निर्वाचन आयोग राष्ट्रिय सभा चुनावको तयारीमा लागेको छ । आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते आसपास निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रस्ताव बाहिर ल्याएका हुन् ।

उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने उल्लेख गरे । यसैगरी प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको हो ।

फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । सदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने कानूनी वाध्येता छ ।

१५ कार्तिक २०८०, बुधबार १२:३३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा