Play

गुटरेसको सुरक्षाका लागि अन्नपूर्ण आधार शिविर पुगेका एक सुरक्षाकर्मीको लेक लागेर निधन

गुरुकुल खबर


पोखरा, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर निधन भएको छ ।

ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा गएका थिए ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरा पुर्याइएको थियो ।

तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पर्वत निवासी ढुंगाना घान्द्रुकमा कार्यरत रहेका थिए ।

१५ कार्तिक २०८०, बुधबार १२:१३ मा प्रकाशित
Nabintech