Play

अमेरिकामा अज्ञात् बन्धुकधारीले गोली चलाउँदा १६ जनाको निधन, बन्धुकधारीको खोजी जारी

गुरुकुल खबर


पोखरा, अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको निधन भएको छ ।

सो घटनामा परी अन्य ५० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। घटनामा संलग्न बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ। यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन।

प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत अनुरोध गरेको छ । उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि बाहिर ल्याएको छ ।

सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको संचार माध्यमले उल्लेख गरेका छन् ।

९ कार्तिक २०८०, बिहीबार १०:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा