Play

अमेरिकामा अज्ञात् बन्धुकधारीले गोली चलाउँदा १६ जनाको निधन, बन्धुकधारीको खोजी जारी

गुरुकुल खबर


पोखरा, अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको निधन भएको छ ।

सो घटनामा परी अन्य ५० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। घटनामा संलग्न बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ। यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन।

प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत अनुरोध गरेको छ । उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि बाहिर ल्याएको छ ।

सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको संचार माध्यमले उल्लेख गरेका छन् ।

९ कार्तिक २०८०, बिहीबार १०:०९ मा प्रकाशित
Nabintech