Play

सुनसरीमा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

गुरुकुल खबर


पोखरा, सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गए राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जनाइएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरूवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको खबर राससले लेखेको छ ।

८ कार्तिक २०८०, बुधबार १४:५५ मा प्रकाशित
Nabintech