Play

महेन्द्र माध्यमिक विद्यालयद्वारा विभिन्न क्षेत्रका ४५ जना सम्मानित

विकास निर्माणका कार्य पहिलो प्राथामिकताः सांसद वैरागी


गुरुकुल खबर


पोखरा, संघीय संसदका सदस्य दामोदर पौडेल वैरागीले आफ्नो कार्यकालमा विकास निर्माणका कार्यलाई पहिलो प्राथामिकतामा राखेको बताएका छन् ।

पोखरा–१९,घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले बडादशैंको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान एवं सम्म्मान कार्यक्रममा वोल्दै कास्की क्षेत्र नं. ३ का सांसद समेत रहेका वैरागीले आफ्नो क्षेत्रभित्र अधिकाशं ग्रामीण भेग रहेको र त्यहाँ सोचे जति विकास नभएको दावी गर्र्दैै पछि परेका क्षेत्रमा देखिने गरी विकासका योजना तयार पारेका वताउँदै त्यसको कार्यान्वयनको लागि संघीय सरकारसँग आग्रह गरेको बताए ।

उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागी सरोकारवालाहरुसँग समन्वय गर्न तयार रहेको स्पष्ट पारे ।पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले वडाको समग्र विकासका लागि वडावाट सिफारिस भएका योजनालाई प्राथामिकता दिन आग्रह गरे । पोखरा १९ का पुर्व वडाध्यक्ष एवं विद्यालयका सल्लाहकार शोभामोहन पौडेलले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तीनै तहका सरकार र स्थानियको समन्वय आवश्यक रहेकोमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउँदै शैक्षिक र भौतिक विकासका योजनाहरु पेश गरे ।

कार्यक्रममा महेन्द्र मा.विमा अध्ययन गरी डाक्टर तथा ईन्जिनियरिङ विषय अध्ययन गरेका तथा साविकको लामाचौर गा.वि.स वडा नं. ७,८,९ र अर्मला–३, घर भई सोही विषय अध्ययन गरेका करिव ४४ जनालाई कार्यक्रमका प्रमुख अतिथी वैरागी, वडाध्यक्ष पाण्डे, समितिका अध्यक्ष पौडेलले सम्मान गरे ।सोही अवसरमा परिवर्तन न्युजका सम्पादक प्रकाश अधिकारीलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा सम्मानित व्यक्ति डा. रोशन पौडेल, विद्यालयका संस्थापक सल्लाहकार महेश्वर पौडेल, विद्यालयका सल्लाहकार डिल्लीराम पौडेल लगायतले विद्यालयकै ईतिहासमा राम्रो कामको सुरुवात भएकोमा प्रशंसा गर्दै, विद्यालयको चौतर्फि विकासमा सवैले आ आफ्नो ठाउँवाट सहयोग गर्नुपर्ने वताए ।

समितिका अध्यक्ष वैकुण्ठ पौडेलले पहिलो चरणमा यो कार्यक्रम गरिएको र आगामी वर्ष कार्यालय प्रमुख तथा सरकारी सेवाका अधिकृतलाई सम्मान गरिदैं हरेक वर्ष यसलाई निरन्तरता दिईने बताए । शिक्षक रत्ना विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक नन्दराज दाहालले गरेका थिए ।

सोही अवसरमा वडादशैं, तिहार, नेपाल सम्वत्, छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान समेत गरिएको छ । ।वि.सं २०५२ सालमा पहिलो पटक त्यहाँ अध्ययनरत विद्यार्थी प्रवेशिका परिक्षामा सहभागी भई सत प्रतिशत नतिजा प्राप्त गरेको र हालसम्म पनि विद्यालयको नतिजा उत्कृष्ट रहेको प्रधानाध्यापक पौडेलले बताए । वि.सं २०४७ सालमा एमाजी कल्चरल फाउण्डेसन जापानको सहयोग र शिक्षासेवी तोयनाथ पौडेलको सक्रियतामा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका अधिकांस विद्यार्थी सरकारी तथा निजी क्ष्ोत्रको उच्च निकायमा कार्यरत छन् ।

 

८ कार्तिक २०८०, बुधबार १४:४६ मा प्रकाशित
Nabintech