Play

निलगिरी सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह सम्पन्न

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं १७ मा रहेको निलगिरी बचत तथा ऋण सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह सम्पन्न गरेको छ ।

सभाको नेपाल बचत तथा ऋण केन्द्रिय समितिका संचालक चण्डी शर्मा पौडेलले उद्घाटन गर्दै सहकारीका शेयर सदस्यहरुले आफ्नै सहकारीमा कारोबार गर्न आग्रह गर्नुका साथै निक्षेपलाई भन्दा बचतलाई महत्व दिन सहकारी संचालक तथा शेयर सदस्यलाई अनुरोध गरेका थिए ।

साथै उनले कर्मचारीले सबै शेयर सदस्य र सहकारीमा आर्थिक कारोबार गर्न आउने जो सुकै संग नम्र व्यबहार गर्नु पर्ने बताए । सहकारीको धर्म भनेको लगानी कर्तालाई सर्वोपरि मानेर काम गर्नु पर्ने बताए ।

सो अबसरमा अधिकतम बचत कर्ताहरु परिधी आचार्य, डिल्लीराम पराजुली, सरोज नारायण बराल, श्याम प्रसाद भुषाल र जित बहादुर बिश्वकर्मा, जेष्ठ सदस्य राम प्रसाद श्रेष्ठ, उत्कृष्ट कर्मचारी बिनोद पराजुलीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी डा. राजकुमार पौडेल, सदिच्छा पौडेल, अस्मिता पहारी, डा. स्वस्तिका आचार्य, ऋचा कुमारी क्षेत्री, आँचल सुनुवार, निर्जला पौडेल, अन्जना पहारी, आयुषा अर्याल, आकृति पोख्रेल, नम्रता पौडेल, आस्था कार्की, अर्पन भण्डारी, स्वप्निल शर्मा, आदित्य पोख्रेल, आयुष श्रेष्ठ, रिवाज कुमार क्षेत्री र परिधी आचार्यलाई सम्मान गरिएको थियोे ।

साथै सामुदायिक बिद्यालयका सर्वोत्कृष्ट बिद्यार्थी सम्मानबाट साकार बस्नेत, सगुन परियार र मोनिका पौडेललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष लेखनाथ बराल (गोपि) ले सहकारीले पेन्सन कोष, शेयर सदस्य तथा कर्मचारी हित कोष, प्रबिधि मैत्री सेवा बिस्तार, दुर्घटना तथा स्वास्थ बिमालगाएतका शेयर सदस्य मुखी कार्य गर्दै आएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारी, पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्य, जिल्ला सहकारी संघ संचालक बिना लोहनी, एम बैंक टेक्नोलोजीजका संजय महासेठ, निवर्तमान अध्यक्ष रबिन्द्र प्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष ज्ञानेन्द्र राज पौडेल, पुर्व अध्यक्ष कालिदास पौडेल, गुरुकुल बेद बिज्ञान पाठशालाका प्राचार्य बिजयराज आचार्य, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर अधिकारी, शेयर सदस्य एवम् पुर्व सल्लाहकार महाप्रसाद सुवेदी, सम्मानित विद्यार्थी नम्रता पौडेलले बोलेका थिए ।

अध्यक्ष लेखनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगाधर पौडेलले र संचालन सचिव तिर्थराज आचार्यले गरेका थिए ।

५ कार्तिक २०८०, आईतवार १२:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा