Play

प्रथम खुल्ला सेभन ए साडाइडको उपाधी लामागाउँलाई

गुरुकुल खबर


पोखरा, प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी लामागाउँले उचालेको छ ।

एट टु नाइन गाइजको आयोजनामा भएको प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रामघाटलाई सडनडेथमा ३–२ गोलले हराउँदै उपाधी चुमेको हो । लामागाउँले उपाधीसंगै एक लाख रुपैयाँ हात पार्यो । निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २÷२ गोलको बराबरी भए पछि खेलको टुंगो सडनडेथबाट लागेको हो ।

उपविजेता रामघाटले ६० हजार रुपैयाँ प्राप्त ग-यो । लामागाउँका अनुज भण्डारी उच्च गोलकर्ता घोषित भए । उनले कुल चार गोल गरे । लामागाउँकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक घोषित भए । उनी फाइनलको म्यानअफदी म्याच समेत घोषित भए ।

रामघाटका विशन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । फेयर प्ले माछापुच्छ्रे त्रिशक्ति युनाइटेड घोषित भयो । यस अघि सेमिफाइनल खेलमा लामागाउँले बि–१३ र रामघाटले गन्नी एफसीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो । रग्बी खेलाडी यशोदा बोहोरालाई सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

२४ आश्विन २०८०, बुधबार १६:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा