Play

अनेसासमा डायस्पोराको नेपाली साहित्य विषयक अन्तरक्रिया

गुरुकुल खबर


पोखरा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा डायस्पोराको नेपाली साहित्य बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोही समारोहबीच केन्द्रीय अध्यक्ष, महासचिव र च्याप्टर अध्यक्षबाट आजीवन सदस्यलाई प्रमाणपत्र, परिचयपत्र र अनेसासको पिन वितरणसमेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाले परिस्थितिले प्रवासी भए पनि सम्पूर्ण नेपाली नेपाली भाषा साहित्य र संस्कृतिको श्रीवृद्धिमा क्रियाशील रहेको बताए ।
अध्यक्ष पूजाले आजीवन सदस्यलाई परिचयपत्र वितरण गर्दै अनेसासले निर्वाचनको समयमा गरेको एउटा साझा संकल्प अमेरिकापछि गण्डकी प्रदेशका स्रष्टा बीच पोखराबाट परिचयपत्र वितरण शुरु गरेको स्वदेश विदेश सबै ठाउँका सदस्यबीच छिट्टै पुग्ने बताए ।

कार्यक्रममा केन्द्रीय महासचिव बिमला निरौलाले अनेसासको आँगनलाई समृद्ध तुल्याउन सिङ्गो टिम अनवरत क्रियाशील रहेको बताइन् । निरौलाले हाम्रो भाषा, संस्कृति संरक्षणका लागि अनेसासले भौतिक तथा भर्चूअल दुवै प्लेटफर्मको भरपुर उपयोग गरेर निरन्तर साहित्यको श्रीवृद्धिमा लागेको बताइन् ।

अनेसास कविता महोत्सव २०२३ का दुई सय अमेरिकी डलरसहितको तेस्रो पुरस्कार विजेता मदन घिमिरेले साहित्यको बाटोमा हिँड्दै गरेका नवसर्जकका लागि अनेसासको प्लेटफर्म सुनौलो अवसर रहेको बताउँदै पुरस्कृत कवितासमेत वाचन गरेका थिए ।

कार्यक्रममा अनेसास पोर्चुगल च्याप्टर सचिव गोमा रेग्मी, वरिष्ठ पत्रकार बद्री विनोद प्रतिक, साहित्यकार देवेन्द्र के.सी., दुर्गा न्यौपाने, कल्याण पन्त, हिममाया पौडेल, लिली अधिकारीलगायतले रचना र मन्तव्य राखेका थिए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आकाश अधिकारीले गरेका थिए । कार्यक्रमको औचित्यमाथि च्याप्टर सदस्य दुर्गा शाह बाबाले प्रकाश पारेका थिए ।

२३ आश्विन २०८०, मंगलवार १३:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा