Play

तीन पालिकाका एकहजार एकसय १५ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

गुरुकुल खबर


पोखरा, नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत् कास्कीका तीन पालिकाका एक हजार एक सय १५ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ ।

गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा पालिकाको वडा नं. ७ मा रहेका लान्दु्रक, हिमालय, चण्डी, तान्चोक माझगाउँ आवासीय विद्यालय र संगम मा.वि.का ६७ विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका ७ का अध्यक्ष भरतमान गुरुङले शैक्षिक सामग्री तथा न्यायो कपडा सहयोगले विद्यार्थी विद्यालय निरन्तर हुने र अभिभावकलाई आर्थिक भारमा सहुलियत भएको बताए ।

परियोजना अन्तर्गत मादी गाउँपालिकाका ८, ९, १० र ११, माछापुच्छ«े गाउँपालिकाका ८, ७, अन्नपूर्ण गाउँपालिका ४, ६ र ७ मा रहेका ४१ सामुदायिक विद्यालयमा अध्ययनरत एकहजार एकसय १५ विद्यार्थीलाई शैक्षिक सामग्री अन्तर्गत विद्यालय पोशाक, झोला, कापी, कलम, पेन्सिल तथा स्टेशनरीजन्य सामग्री सहयोग गरिएको हो । यस्तै, माध्यमिक शिक्षा उत्तीर्ण १६४ विद्यार्थीलाई छात्रवृत्ति रकम सहयोगसमेत गरिएको छ ।

समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहमा सहयोगका लागि कार्य क्षेत्र भित्रका ३९ स्वास्थ्य संस्थाको स्तरोन्नति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र बालसंरक्षणमा परियोजनाले सहयोग गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।

गुणस्तरिय शिक्षामा बालबालिकाको पहँुच अभिवृद्धि गर्ने उद्देश्यका साथ बालबालिकाका अभिभावकलाईसमेत प्राथमिकता दिदैं कार्यक्षेत्रका ६ सहकारीमार्फत आयआर्जनका सहयोगी गतिविधिसमेत सञ्चालन गर्दै आएको परियोजना अधिकृत महेश विश्वकर्माले बताए ।

१७ आश्विन २०८०, बुधबार १२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा