Play

बालटिमोरमा हुने बाल फेसन सोका लागि फारम खुला

गुरुकुल खबर


बालटिमोर, अमेरिकाको बालटिमोरमा यही अक्टोबर १५ मा आयोजना हुने छैठौं संस्करणको स्ट्रिट फेष्टिवलको क्रममा संचालन हुने चिल्ड्रन फेसन एक्जिविसनमा सहभागिताका लागि अनलाइन फारम  खुल्ला गरिएको छ ।

बाल्टिमोर एसोसिएशन अफ नेपालीज् ईन अमेरिका (बाना) ले उक्त महोत्सव आयोजना गर्दै छ । सो क्रममा समावेश हुने फेसन सोमा आफ्ना वालवच्चालाई सहभागी गराउन इच्छूक अभिभावकले फारम भर्न सक्ने आयोजक पक्षले सूचना जारि गरी स्पष्ट पारेको छ । वच्चाहरुलाई सहभागी गराउन इच्छूकले उनीहरुलाई यही अक्टोबार ८ तारिखका दिन दिउसो १२ वजे बाना भवनमा अनिवार्य ल्याउन पनि अनुरोध गरिएको छ । यो क्रममा फेसन सो को पूर्व तयारी कार्यक्रम हुने छ ।

बच्चाहरूले नेपाली साँस्कृतिक पोशाक लगाएर फेसन सो प्रदर्शन गर्ने र यसबाट नेपाली सस्कृतिको जगेर्नाको लागि टेवा पुग्ने विश्वास लिइएको छ । ‘आउनुहोस्, हाम्रा बच्चाहरूलाई आनन्दित र अविस्मरणीय अनुभव दिनुहोस् र हाम्रो सांस्कृतिक सौंदर्यलाई संसारमा प्रदर्शन गरौं’ भन्ने उद्घोषका साथ आयोजकले उक्त सो मा बच्चाहरुलाई सहभागिता गराउन अभिभावकलाई आव्हान गरेका छन् ।

कार्यक्रममको तयारी तीव्र रुपमा अगाडि बढेको पनि आयोजकले जनाएका छन् ।

१५ आश्विन २०८०, सोमबार १४:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा