Play

खाना पकाउने ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता

गुरुकुल खबर


पोखरा, भारि मात्रामा इन्धनको मूल्य बढाउने नेपाल आयल निगमको निर्णय कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको अवगत गराए ।

नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चाडबाडको मुखमा मूल्यवृद्धि भएको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो ।

आइतबार नै बसेको मन्त्रिपरिषद बैठकमा पनि यसबारे छलफल भएको र प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन भनेपछि मूल्य पूर्ववत कायम हुन पुगेको जनाइएको छ ।

१४ आश्विन २०८०, आईतवार १४:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा