Play

कुश्माको तमादी खोलामा भएको दुर्घटनामा परी वेपत्ता एक जनाको शव र जीप फेला, अन्य दुई अझै वेपत्ता

गुरुकुल खबर


पोखरा, कुश्माको तमादी खोलाले शनिबार साँझ टाटा सुमो जीप जीप बगाउँदा वेपत्ता भएका तीन जना मध्ये एक जनाको शव भेटिएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्नेतको शव फेला परेको हो । वेपत्ता जीप पनि भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

खोलाको झण्डै ३ सय मिटर तल जीपका पार्ट्सहरु छरिएको अवस्थामा भेटिएको र जीपको मुख्य भाग बाढिले पुरिएको अवस्थामा फेला परेको जनाइएको छ । वेपत्ता अन्य २ जनाको खोजी भैरहेको छ ।

ड्राइभरले गाडी रोकेर ढुंगा पन्छाउने क्रममा माथिबाट आएको ढुंगा र माटोले जीप बगाएको पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । बेपत्ता भएकामध्ये एक जना पोखरा नाउडाँडाका विजय भनिने माधव पौडेल रहेका र अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर एवम् सूचना अधिकारी केशव केसीले जानकारी दिए ।

चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएको बताइएको छ ।

१४ आश्विन २०८०, आईतवार १२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा