Play

एसियाली खेलमा मंगोलिया विरुद्ध नेपालको २ सय ७३ रनको किर्तिमानी जीत

गुरुकुल खबर


पोखरा, चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट हुन पुग्यो ।

समूह चरणको पहिलो खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमानी प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन विश्व किर्तिमान पनि बनायो । मंगोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट आफ्नो नाममा पारे । मंगोलियामा जमयानसुरेन दावासुरेनले बनाएको १० रन रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

एक ब्याटरले ३ रन थपे। अन्य तीन ब्याटरले १ रन जोडे। बाँकी पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के। एक खेलाडी भने २ रनमा नटआउट रहे। त्यसअघि झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको कीर्तिमानी योगफल तयार पारेको थियो।

नेपालले टी आईमा इतिहासकै उच्च योगफल तयार पारेको हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रनको योगफल तयार बनाएका थिए। चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो। कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो।

मंगोलियाविरुद्ध कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी प्रदर्शन गरे। ३४ बलमा शतक पूरा गरेका मल्लले विश्व कीर्तिमान आफ्नो नाममा गरे। यसअघि टी–२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। एसियाडमा समूह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने छ ।

किर्तिमान :

१) छिटो अर्धसतक दिपेन्द्र सिहं एरीको ९ बलमा ५२ रन
२) धेरै स्ट्राइक रेट ५२०.०० मा दिपेन्द्र सिहं एरि
३) लगातार ६ वटा छक्कका बराबरि दिपेन्द्र सिह एरि
४) छिटो शतक कुशल मल्लको ३४ बलमा १०१ रन
५) एकै इनिङमा २६ छक्का
६) सबैभन्दा बढि रन ३१४
७) सबैभन्दा फराकिलो जित २७३ रनको

१० आश्विन २०८०, बुधबार ११:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा