Play

होटल संघ पोखरा नेपालद्वारा विश्व पर्यटन दिवसका कार्यक्रम सार्वजनिक

गुरुकुल खबर


पोखरा, होटल संघ पोखरा नेपालले ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार पोखरामा आयोजना हुने कार्यक्रमको सूची सार्वजनिक गरेको छ । संस्थाका महासचिव राजेन्द्र ढकालले हस्ताक्षर गरी ती कार्यक्रम सार्वजनिक गरेका हुन् ।

संघले उक्त दिन आउने पाहुनालाई १५ प्रतिशत छुटको समेत घोषणा गरेको छ । सदस्यहरुलाई वितरित पत्रमा भनिएको छ– होटल संघ नेपालको परिपत्र बमोजिम यहाँहरुको होटल प्रतिष्ठानमा वस्नु हुने आन्तरिक एवम् वाह्य पर्यटक (अतिथि) हरुलाई आफ्नो होटल प्रतिष्ठानको प्रकाशित रुम ट्यारिफमा १५ प्रतिशत छुट दिई सेवा प्रदान गर्नु गराउनु हुन हार्दिक अनुरोध गर्दै उक्त दिन आफ्नो होटल प्रतिष्ठानमा स्वागत व्यानर, फुल, गमला (घडा) राखी स्वागत गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।

यस्ता छन् पर्यटन दिवसका कार्यक्रम

१. पर्यटक स्वागत कार्यक्रम
मिति : २०८० असोज १० गते समय : विहान ६ः३० बजे । स्थान : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

२. भारतीय राजदुको स्वागत
मिति : २०८० असोज १० गते समय : दिउँसो २ः४५ बजे । स्थान : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

३. पर्यटक स्वागत कार्यक्रम
मिति : २०८० असोज १० गते समय : दिउँसो २ः०० बजे । स्थान : पर्यटक वसपार्क ।

४. वृक्षारोपण र रक्तदान
मिति : २०८० असोज १० गते समय : विहान ७ : ३० बजे । स्थान : पर्यटक बसपार्क

५. मिनी सडक महोत्सव मिति : २०८० असोज १० गते समय :  साँझ ४ः४५ बजे । स्थान : वाराही चोक

९ आश्विन २०८०, मंगलवार १५:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा