Play

जिल्ला समन्वय समिति कास्की प्रमुख पौडेलद्वारा स्थानीय तहहरूलाइ विकासमै अर्जुन दृष्टि लगाउन आग्रह

गुरुकुल खबर


पोखरा, जिल्ला समन्वय समिति जिल्ला समन्वय समिति कास्कीद्वारा स्थानीय तहहरूको बार्षिक समिक्षा सम्पन्न भएको छ ।

कार्यक्रम समापनका अवसरमा कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले जनताको एक मात्रै चाहना विकास भएको र त्यसमै अर्जुन दृष्टि लगाउन आग्रह गरे । कतिपय कार्यालयमा बिकास बजेट पूर्ण रूपमा खर्च हुन नसकी आयोजनाको प्रभावकारिता कम भएकोतर्फ चालू आर्थिक बर्षमा सबैको ध्यान पुग्नु पर्ने र गत बर्षका कम्जोरी फेरि नदोहो¥याउने गरी काम गर्न उनले आग्रह गरे ।

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९–८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०–८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको समापन गर्दै पौडेलले उक्त कुरा बताएका हुन् ।

पौडेलले योजना निर्धारित समयमा सम्पन्न गर्न देखिएका नीतिगत समस्या निराकरणमा पहल गर्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताए ।

जो जहाँ छौ उहिबाट समृद्धिको अभियानको सारथि बनौं । विकास सबैका लागि भएको हुँदा पछिल्लो समय बिकासमा जस लिने होडबाजी र अनेकन बहानामा देखिने बिभाजित मानसिकता विकासको मुख्य बाधक भएको उनले सुनाए ।

प्रमुख पौडेलले विकास र बिषयगत सहित संघ, प्रादेशिक र स्थानीय तहबिच देखिएका केही मतभेद समेत बिकासमा अप्ठ्याराका रूपमा देखिएको उल्लेख गर्दै कतिपय विषय नीतिगत रूपमा नै सम्वोधन गर्नुपर्ने देखिएको उनले बताए ।
उनले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरी चरणबद्ध काम गर्न आग्रह पनि पौडेलले गरे ।

सो अवसरमा स्थानीय तह सहित सरोकारवाला कास्कीका कार्यालयहरूले वार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए ।

आइतबार कास्कीका पाँचवटा पालिका सहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय, पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयले समिक्षा प्रतिबेदन प्रस्तुत गरेका थिए।

यसअघि संघ सरकार र प्रदेश सरकार मातहतका बिकासे र विषयगत कार्यालयहरूको समिक्षा सम्पन्न भैसकेका छन् ।

कार्यक्रममा स्वागत उप –प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेको सूचना अधिकारी झविश्वर रेग्मीले जानकारी दिए ।

७ आश्विन २०८०, आईतवार १६:०२ मा प्रकाशित
Nabintech