Play

लागू औषध गाँजासहित १ जना युवक पक्राउ

गुरुकुल खबर


पोखरा, लागू औषधि ओसारपसारको आरोपमा प्रहरीले पोखरामा एक जना युवकलाई पक्राउ गरेको छ ।

पोखरा २१ कृष्ती स्थायी घर भई हाल पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने खिम बहादुर विकका छोरा बर्ष १९ का राजन विकको साथबाट २ के.जी. १७० ग्राम गाँजा बरामद भएको प्रहरीको दाबी छ ।

पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस स्थितमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले विहीबार उनलाई अपरान्ह पाँच बजे पक्राउ गरेको हो ।

सवारी साधन चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेको प्रहरीको भनाई छ । पक्राउ परेका विकलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

५ आश्विन २०८०, शुक्रबार १२:०० मा प्रकाशित
Nabintech