Play

सतीश चापागाईंको शब्द रहेको ‘परदेशी २’ को नयाँ गीत युट्युव मार्फत् सार्वजनिक

गुरुकुल खबर


पोखरा । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ। सतिश चापागाईंको शब्द रहेको भिडियो बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडिओमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

प्रशान्त तामाङको स्वर रहेको गीतमा र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ। राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।

गीतकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । ३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाईले कविता र गीतहरु पनि लेख्छन् । चापागाई नेप्लिज डायस्पोराका प्राधान सम्पादक र संचालक समेत हुन् ।

४ आश्विन २०८०, बिहीबार १४:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा