Play

सामाजिक सञ्जाल मार्फत् भ्रामक कुराहरु लेखी पोष्ट गरेको आरोपमा स्याङ्जाका रेग्मी पक्राउ

गुरुकुल खबर


पोखरा, “राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको भन्दै भ्रामक कुरा सामाजिक संजालमा पोष्ट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्ग्जा जिल्ला आँधीखोला गाउँपालिका वडा नं. ५ ठुलीबराहा बस्ने वर्ष ३५ का सुर्य बहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनको फेसबुकबाट ढाकाकुमारको अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी” भन्ने समेतको भ्रामक व्यहोरा पोष्ट गरेको उल्लेख गरिएको छ ।

रेग्मीले मेरो फोटो समेत पोष्ट गरी समाजमा अराजकता, आत्म सम्मान माथी आघात पु-याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर गर्ने खालको झुठ्ठा एंव अनर्गल प्रचार गरेकोले रेग्मीलाई कारबाही गरी पाँउ भनी विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गतको जाहेरी ढाकाकुमारले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएका थिए ।

यो विषयमा प्रहरीले अनुसन्धान पश्चात् रेग्मीलाई नियन्त्रणमा लिई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

२९ भाद्र २०८०, शुक्रबार १३:१८ मा प्रकाशित
Nabintech