Play

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता असोज पहिलो साता

गुरुकुल खबर


पोखरा, बुल्समेन क्लबको आयोजनामा आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुदैं छ । तीन संस्करण क्लबले पोखरामै आयोजना गरेको थियो । चौथो संस्करणलाई भने क्लबले ललितपुरको सानेपामा आयोजना गर्ने निर्णय गरेको छ ।

मोफसलबाट आयोजना गरिएको शारीरिक सुगठन प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो । क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी भएपनि कोभिडकै कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

‘बुल्समेनको आह्वान युवाहरुको पहिचान’ भन्ने नारासहित स्थापित क्लबले शारीरिक सुगठन खेल मार्फत युवापुस्तलाई खेलकुलप्रति प्रेरित गरेको छ । स्वच्छ समाजको लागि स्वास्थ्य मानसिकतार व्यस्त मानसिकताको लागि स्वस्थ्य शरीर, स्वास्थ्य शरीरको लागि शारीरिक व्यायाम भन्ने मान्यतालाई क्लबले आत्मसात गर्दै आएको छ ।

क्लबले आगामी असोज ४ गते सहभागि खेलाडीको तौल लिने छ । पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ । असोज ५ गते प्रिजजिङ र असोज ६ गते शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा फाईनल हुने क्लबले जनाएको छ ।

मेन्स फिजिक तर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनी प्रतिस्पर्धा गराईने क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार महिलाको इभेन्टलाई पनि समावेश गरिएको छ । महिला तर्फ वुमन्स फिजिक र वुमन वेलनेसमा प्रतिस्पर्धा गराईने छ ।

प्रतियोगिताको ओभरअल च्याम्पियनले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । प्रत्येक तौल समूहको विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थानमा रहनेले २० हजार नगद पुरस्कार पाउने छन् । मेन्स फिजिकको दुवै इभेण्टका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै वुमन फिजिक र वुमन वेलनेस विजेताले पनि समान १ लाख, ५० हजार र ३५ हजार पाउने छन् ।

 

२८ भाद्र २०८०, बिहीबार १२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा