Play

लागू औषध कारोबार गरेको आरोपमा आले र तामाङ प्रहरीको फन्दामा

गुरुकुल खबर


पोखरा, प्रहरीले लागू औषध कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेकाजिल्ला कास्की पोखरा मा.न.पा १५ नागबेली मार्ग बस्ने बर्ष २५ को वाल आले र जिल्ला सिराहा घर भई हाल पोखरा म.न.पा. ७ घारीपाटन बस्ने बर्ष ३३ को अरुण तामाङलाई पक्राउ गरेको जनाइएको छ ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यही भदौ २५ गते अन्दाजी १७ः५० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ नागबेली मागमा लागू औषध बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी पुग्दा उनीहरुको साथबाट र कोठाबाट लागू औषध बरामद गरिएको जनाइएको छ ।

उनीहरुबाट नुर्फिन ३० एम्पुल, डाईजपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागू औषध बरामद गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

२७ भाद्र २०८०, बुधबार १२:२० मा प्रकाशित
Nabintech