Play

रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम

गुरुकुल खबर


पोखरा, रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं. ६ प्रथम हुन सफल भएको छ । हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं. ८ द्वितीय, जयमुल आमा समुह वडा नं. २ तृतीय र कमल जौसी आमा समुह वडा नं. २५ सान्त्वना हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश  २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्यमा बुहारी सशक्तिकरण समाज र उत्कृष्ट भेषभुषामा माछापुच्छ्रे आमा समुह वडा नं. १४ लाई तीन-तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रजापति पराजुली, सम्झना अधिकारी र सावित्री गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।३५ वटा समुहले सहभागीता जनाएकोमा उत्कृष्ट ६ वटा समुहलाई फाइनलमा प्रतिष्पर्धा गराइएको कार्यक्रम संयोजक मैया थापाले जानकारी दिइन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यसचिव लक्ष्मीकुमारी बस्नेतले पहिलेका तीजका भाकामा पिडादायी शब्दहरु पाउन सकिन्थ्यो भने अहिले समृद्धि र आर्थिक सशत्तिकरणका सन्देशलाई सुन्न पाइन्छ भनिन् । उनले तीज एउटा महत्वपूर्ण धार्मिक पर्व भएकोले अवको सन्ततीले संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा स्वागत गर्दै रेडियोका अध्यष हिरा भट्टराईले सुरुवातमा महिलाले मात्र सञ्चालन गरेको रेडियोमा समानताको लागि अहिले पुरुषहरुलाई पनि समावेश गरेको जानकारी दिइन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले आजभोली कर्म गर्ने संस्कारमा कमी आएको भन्दै रेडियो जननीले कर्म गर्दै उद्यमी बन्न सिकाएको बताए । पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले रेडियो जननीले महिला दिदीबहिनीहरुलाई उद्यमी बनाएर अगाडी बढ्न अग्रसर गराएकोले यसको उच्च मुल्याङ्कन गर्नुपर्ने बताए ।

 

२५ भाद्र २०८०, सोमबार १२:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा