Play

ऐतिहासिक वाटुलेचौर तीज मेलाको तयारी शुरु

गुरुकुल खबर


पोखरा, परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेलाले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आगामी असोज १ गते स्थानीय हिमालय क्लवको आयोजनामा मेला हुन लागेको क्लवले जनाएको छ । विगतका वर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको क्लवले यस वर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथामिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताको लागि गर्न लागिएको निवर्तमान अध्यक्ष मोहन थापाले बताए ।

मेलालाई विशिष्ट वनाउन क्लवका अध्यक्ष सुशील वस्नेतको अध्यक्षतामा निवर्तमान अध्यक्ष मोहन थापा, दुर्गालाल श्रेष्ठ, लक्ष्मी देवकोटा र लक्ष्मी पौडेल सदस्य रहेको सचिवालय समिति तथा आमन्त्रीत समुहगत तीज गीत तथा नृत्य प्रस्तुतीका लागी तारा प्रसाद तिमिल्सीनाको संयोजकत्वमा क्लवका कोषाध्यक्ष पुष्पराज अधिकारी र सहसचिव तुल बहादुर वस्नेत सदस्य रहेको समिति गठन गरिएको छ ।

आमन्त्रीत टोलीले परम्परागत रुपमा आ आफ्नो समुहमा वसेर गीत तथा नृत्य प्रस्तुत गर्ने वताईएको छ । मेलाको तयारी शुरु गरिएको अध्यक्ष वस्नेतले जानकारी दिऐ । पोखराका विभिन्न संघ संस्थासँग समन्वय गरिएको र आर्थिक संकलन कार्यलाई तीब्र पारिएको उनले बताए ।

१ दिन मात्र संचालन हुने मेलामा करिव ५ लाख खर्च लाग्ने क्लवले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने छ ।

 

२२ भाद्र २०८०, शुक्रबार १५:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा