Play

उपल्लो मुस्ताङ क्षेत्रमा गल्फ प्रतियोगिता हुने, विश्वकै अग्लो स्थानमा हुन लागेको दाबी

गुरुकुल खबर


पोखरा, आगामी ३० भदौमा उपल्लो मुस्ताङ क्षेत्रमा गल्फ च्यालेन्जको दोस्रो संस्करण आयोजना हुने भएको छ । समुद्री सतहभन्दा ४ हजार ६ सय ४५ मिटर उचाइमा हुने यो प्रतियोगिता विश्वकै सबैभन्दा अग्लो स्थानमा खेलिने गल्फ प्रतियोगिता भएको दाबी गरिएको छ । लोमान्थाङ गाउँपालिका प्रतियोगिताको आयोजक हो ।

यस विषयमा जानकारी दिन पोखरामा बुधबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा संयोजक तथा गल्फ संघ गण्डकी प्रदेशको तदर्थ समिति अध्यक्ष इन्द्रधारा विष्टले गल्फ पर्यटनलाई विश्वसामु पु¥याउन विश्वकै उच्च स्थानमा आयोजना गरिएको र अर्को संस्करणदेखि विदेशी गल्फरलाई पनि सहभागी गराउने योजना रहेको उनले सुनाए ।

प्रतियोगितामा काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका सहरका ४० गल्फर लोमान्थाङ पुग्ने र ती मध्ये ४ जना महिला गल्फर रहने छन् । इभेन्ट ९ होलमा ३–४ ह्यान्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा यो प्रतियोगिता संचालन हुने छ । होल इन वानको विजेताले घोडा पुरस्कार प्राप्त गर्ने र विजेता खेलाडीले घोडाको विकल्प खोजे १ लाख रुपैयाँ नगद पनि लिन सक्ने छ ।

उपविजेता, बेस्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बर्डिजलाई पनि पुरस्कार दिइने छ । गत वर्ष पनि पनि लोमान्थाङको हाइ अल्टिच्युड मैदानमा गल्फ च्यालेन्ज गरिएको थियो । लोमान्थाङको गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन गल्फ च्यालेन्जको आयोजना गरिएको आयोजकको भनाई छ ।

२१ भाद्र २०८०, बिहीबार १३:२२ मा प्रकाशित
Nabintech