Play

लागू औषध ओसारपसारमा संलग्न भएको आरोपमा पोखरामा तीन जना पक्राउ

गुरुकुल खबर


पोखरा, लागू औषध ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्की समेतको समन्वयमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका जरेबरबाट पर्वतको चित्रे बस्ने २४ वर्षीय सविन वि.क., सोही जिल्लाको राम्जा बस्ने २४ वर्षीय सोवित जि.सी. र सोही जिल्लाको चित्रे घर भई पोखरा शान्तिपाटन बस्ने वर्ष २९वर्षीय दिवश गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट र डेराबाट लागू औषध बुप्रिनर्फिन ८० एम्पुल, फेनेरागन ७९ एम्पुल, डाईजेपाम ८१ एम्पुल गरी जम्मा २४० एम्पुल लागू औषध सहित फेला पारी लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पन्ध्र दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

२० भाद्र २०८०, बुधबार ११:२० मा प्रकाशित
Nabintech